सुर्खेत । कर्णाली प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्री खड्कालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। प्रवक्ताको जिम्मेवारी पाएसँगै अब उनले प्रदेश सरकारका मन्त्रिपरिषद्का निर्णय, सरकारी नीति तथा समसामयिक विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नेछिन्।
खड्का नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट कर्णाली प्रदेश सरकारमा मन्त्री बनेकी हुन्। सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएपछि प्रदेश सरकारका निर्णय र गतिविधिबारे सञ्चारमाध्यम तथा आमनागरिकलाई आधिकारिक सूचना प्रवाहमा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै सरकारका कामकारबाहीलाई थप व्यवस्थित रूपमा सार्वजनिक गर्ने र सञ्चार क्षेत्रसँगको समन्वयलाई प्रभावकारी बनाउने जिम्मेवारीसमेत प्रवक्ताको काँधमा आएको छ।







