कालिकोट । कविता , दर्जनौं सहेली
तिखा कुइयासी काडाको लहराले
मेलको बोट बेरेझैँ
एक्लो पनका अनेकौं सम्बन्धहरु
मसिना रेसेधार धागामा
भत्केका कयौं
मुठी यादहरु
कुडिएका
अनेकौं मिठा बोली
चुडिएका लामा सयपत्री
उनेर राख्ने
यी नै सप्त रङ्गी धागोले
सदा झैँ
दौँतरी बनेर
बसेको देख्न पाउन
फाटेका अनगिन्ती ती जोडी
दर्जनौं सहेलीहरु।।
दिर्घ बहादुर शाही `कवि´
खाँडाचक्र नगरपालिका – ५ कालिकोट