गाडी दुर्घटनामा परी सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु

  ।   ४ भाद्र २०८१, मंगलवार ११:१०

सुर्खेत। सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ।

सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर-५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कार्कीलाई दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा करिब राति दुई बजे निधन भएको प्रहरीको भनाइ छ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए।

Next Post

विपतका घटनामा ज्यान गुमाएका परिवारलाई छ करोड बराबरको राहत

४ भाद्र २०८१, मंगलवार ११:१०
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपतका घटनामा परी ज्यान गुमाएका परिवारलाई छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बिमाबापत छ करोड ८८ लाख रुपियाँ राहत स्वरूप उपलब्ध गराएको हो । पहिलो चरणमा विभिन्न प्राकृतिक विपत्मा परी […]

सम्बन्धित शीर्षक