काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकाबाट काठमाडौँमा आई बसोबास गर्नेहरुको संस्था ‘इस्माली समाज काठमाडौँ’ ले रोल्पाली लेखक तथा साहित्यकार अमर अधिकारीलाई सम्मान गरेको छ।
न्वागी खाने दिनको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा चर्चित तथा किर्मिमानी लेखक अमर अधिकारिलाई सम्मान गरिएको हो। समाजका अध्यक्ष वेदनिधि अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा मुक्ति अर्यालले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो। एकवर्ष यता अमर अधिकारीका सर्वाधिक लेख(रचनाहरु प्रकाशित हुँदैआएका छन्।
काठमाडौँका ठूला सञ्चार माध्यमहरुदेखि रोल्पा प्यूठान दाङ र जुम्लासम्मका दुईदर्जनभन्दा बढी सञ्चार माध्यमहरुबाट वहाँका लेखरचनाहरु प्राथमिकताका साथ प्रकाशन हुनेगरेको पाइएको छ। हालसम्म बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ र ‘रापतीका अलग शब्दहरु’ नामक भाषिका गरी तीनवटा कृतिहरु प्रकाशन गरिसक्नुभएका अमर आगामी दिनहरुमा थप ८।१० वटा पुस्तक प्रकाशन गर्ने तरखरमा हुनुहुन्छ भने थप गीत, गजल रेकर्डिङका लागि कुरा भैरहेको छ भने वहाँको रोल्पाली सेरोफेरोको ‘साइँली सलल’ गीत रेकर्डिङ भएर पनि बजारमा आइसकेको छ।
अमर अधिकारीले निकट भविष्यमा आफ्नै जन्मथलो रोल्पाको खुंग्रीमा त्रिपुरा पुस्तकालय तथा वाचनालय स्थापना गर्ने योजना रहेको बताउनुभएको छ। त्यसका लागि संघीय राजधानी काठमाडौँका विभिन्न प्राज्ञ तथा साहित्यिक संस्थाहरुबाट पुस्तकहरु संकलन हुने काम भैरहेको बताइएको छ।