स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

  ।   ४ मंसिर २०८१, मंगलवार ०८:३७

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।

भोलि बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।

Next Post

मंसिर १६ हुने उपनिर्वाचनमा स्थानीय तहलाइ ८ बुँदे निर्देशन

४ मंसिर २०८१, मंगलवार ०८:३७
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने सबै स्थानीय तहलाइ ८ बुँदे निर्देशन दिएको छ । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि आयोगको सोमबार बसेको बैठकले ८ बुँदे निर्देशन दिएको हो । उपनिर्वाचन हुने स्थानीय तहमा निर्वाचन आयोगबाट […]