देउति बज्यै मन्दिरका पुजारी मृत फेला

  ।   २८ कार्तिक २०८१, बुधबार ०७:५२

सुर्खेत । सुर्खेतको चर्चित धार्मिक शक्ति पिठ देउती बज्यै मन्दिरका पुजारीको शव शंकास्पद अवस्थामा भेटिएको छ । मुख्य मन्दिरकाे पूर्वी ढाेकामा मृत अवस्थामा पुजारी ५१ वर्षीय सरस्वती राजीको शव आज विहान फेला परेको हो ।

मृत अवस्थामा मान्छे रहेको खवर थाहा हुने वित्तिकै प्रहरीले घटनास्थलमा पुुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार राजीको शरिरमा अन्य निलडाम र चोट नरहेको तर मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ ।

घटनाबारे अहिल्यै नै केही भन्न नसकिने भन्दै उनले अनुसन्धानको क्रममा कारण खुल्न सक्ने खड्का बताउँछन् । प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा पठाउने तयारी गरेको छ ।
पुजारी नै मृत अवस्थामा भेटिएपछि देउती बज्यै दर्शन गर्न बन्द गराइएको छ ।

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाटन

२८ कार्तिक २०८१, बुधबार ०७:५२
जुम्ला । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा आज उद्घाटन भएको छ । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह पनि आज हुन लागेको हो । जसमा स्नातकतर्फ ३८ जना बीपीएच, १३ जनाबीएमएस र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी […]