कालिकोट / नेकपा एमाले कालिकोटको ११ औं जिल्ला अधिवेशन बाट नयाँ नेतृत्व चयनका लागि दुई समुह बिच प्रतिस्पर्धा हुने भएको छ।
संस्थापनपक्ष र संस्थापनइतर पक्ष गरि दुई गुटमा बिभाजन भएको नेकपा एमाले अहिले ११ औं अधिवेशनमा आएर छताछुल्ल भएको हो ।
संस्थापनपक्षले पार्टीमा केन्द्रीयता लादेको र एकलौटी निर्णय गरेर आफू निकटका मान्छेहरुलाइ मात्र जिम्मेवारीमा राख्ने र पार्टी संगठन लाई मनोमानी ढंगले चलाउन खोजेको संस्थापनइतर पक्षले आरोप लगाउदै आएको बेला अहिले अधिवेशनमा आएर यी दुइपक्षबिच झन खिचातानी चलेको हो ।
स्रोतका अनुसार संस्थापनपक्षले बन्दसत्र मार्फत एकल निर्णयमा आफू निकटका मान्छेहरुलाइ नेतृत्व घोषणा गर्ने दाउमा हुदा संस्थापनइतर पक्षले नमान्दा विवाद चर्किदै गएपछि सहमति हुने कुनै आधार नबन्दा चुनावी प्रक्रिया बाट नयाँ नेतृत्व चयन गर्ने सहमति सगै उम्मेदवारी दर्ता सुरु भएको छ।
नेकपा एमाले कालिकोटको नयाँ नेतृत्व चएनको लागि अध्यक्षमा तुलाराज मल्ल , दयाराम सिम्खाडा, उपाध्यक्षमा, टेक बहादुर बुढा ,कमल कुमार शाही , सचिव, पुस्पराज आचार्य ,खडानन्द चौलागाई, उपसचिवमा, पवित्र कुमार शाही ,भवानी आचार्य ,खड्क सिंह, राधिका शाही ,लंक बम,सुभद्रा सिंह र प्रेम बुढा उम्मेदवारी दर्ता गराहेका छन ।
दुबै समूह आफुले बाजि मार्ने हुटहुटी सहित मैदानमा उत्रेका छ्न । मतदान भोली बिहान ८ बजेदेखी दिउँसो तीन बजेसम्मको समय तोकिएको छ । त्यसपछि मत गणना सुरु हुने छ ।
चैत २१ गते उद्घाटन भएको एमालेको ११औं जिल्ला अधिवेशन आन्तरिक किचलोको कारण दुईदिन पछि मात्रै निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो ।