एमाले कालिकोटको मत गणना सुरुहुदैँ , कुन पेनलले मार्ला बाजि

  ।   २४ चैत्र २०८०, शनिबार १७:५२
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले कालिकोटको ११ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । जिल्लामा सहमति नजुटेपछि मतदान गरिएको हो ।

चार सय २८ जना प्रतिनिधिमध्ये ४ सय २४ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक पदम बहादुर शाहीले बताउनुभयो ।

नेकपा एमाले कालिकोटको नयाँ नेतृत्व चएनको लागि अध्यक्षमा तुलाराज मल्ल
र दयाराम सिम्खाडा बिच प्रतिस्पर्धा हुँदैछ । , उपाध्यक्षमा टेक बहादुर बुढा र कमल कुमार शाही बिच प्रतिस्पर्धा हुँदैछ । सचिव पुस्पराज आचार्य र खडानन्द चौलागाई, बिच प्रतिस्पर्धा हुँदैछ । उपसचिवमा पवित्र कुमार शाही र प्रेम बहादुर बुढा त्येस्तै महिला उपसचिवमा सुभद्रा सिंह र तारा कुमारी शाही बिच प्रतिस्पर्धा हुँदैछ ।

दुबै समूह आफुले बाजि मार्ने हुटहुटी सहित मैदानमा उत्रेका छ्न । अबको केही समयमा मत गणना सुरु हुने छ ।

चैत २१ गते उद्घाटन भएको एमालेको ११औं जिल्ला अधिवेशन आन्तरिक किचलोको कारण तिनदिन पछि मात्रै निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो ।

 

Next Post

शैक्षिक सत्र सुरुहुनु अगावै जिल्लामा पाठ्यपुस्तक

२४ चैत्र २०८०, शनिबार १७:५२
कालीकोट / जिल्लाको सदरमुकाम मान्ममा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेको छ। चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १५ देखि सुरु हुन्छ सदरमुकाम मान्ममा भने चैत्र दोस्रो हप्ता नै पाठ्यपुस्तक पुगेका छन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालका अनुसार अब आउने शैक्षिक सत्रका […]