शैक्षिक सत्र सुरुहुनु अगावै जिल्लामा पाठ्यपुस्तक

  ।   २४ चैत्र २०८०, शनिबार २०:२३
oplus_0

कालीकोट / जिल्लाको सदरमुकाम मान्ममा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेको छ।

चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १५ देखि सुरु हुन्छ सदरमुकाम मान्ममा भने चैत्र दोस्रो हप्ता नै पाठ्यपुस्तक पुगेका छन्।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालका अनुसार अब आउने शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरुसँग पाठ्यपुस्तक पुगिसकेको र पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई जतिसक्दो छिटो नै खरिद गर्न पत्रचार  गरी सकेको बताएका छन् ।

चैत्र दोस्रो हप्ता नै सदरमुकाम मान्ममा पुगेका पाठ्यपुस्तक अहिले जिल्लाका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ।

समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने भएको हो भने कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ।

विगतका बर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरुले सास्ती खेप्नुपर्ने अवस्था थियो भने यो बर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको र विद्यार्थिले सास्ति खेप्नुपर्ने अवस्था नरहने पुस्तक बिक्रेता विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताए ।

Next Post

मल्ल सहितको टिम विजयी

२४ चैत्र २०८०, शनिबार २०:२३
मतगणना पछि अध्यक्ष पदमा तुलराज मल्लको टिमले जित हाँसिल गरेको हो । चार सय २८ जना प्रतिनिधिमध्ये ४ सय २४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत पदम बहादुर शाहीले बताउनुभएको छ। जम्मा खसेको मतबाट अध्यक्ष पदका उम्मेदवार तुलराज मल्लले दुई सय १८ मत ल्याएर विजय भएका छन् भने प्रतिसपर्धि दयाराम सिम्खाडाले […]