प्रधानमन्त्री ओली विरुद्ध अनफलो अभियान: फलोअर ६५ हजारले घट्यो

  ।   १९ भाद्र २०८१, बुधबार ११:२६

काठमाडौँ । पछिल्लो २४ घण्टादेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक संजाल फेसबुकमा अनफलो अभियान चलाइएको छ । हिजो बिहान सम्म ६ लाख ६२ हजार फलोअर रहेका प्रधानमन्त्री ओलीको पेजमा यो समाचार तयार पार्दा सम्म फलोअर घटेर ५ लाख ९७ हजार पुगेका छन् । अनफलो अभियान चलेको २४ घण्टा बित्न नपाउँदै प्रधानमन्त्री ओलीका फलोअर ६५ हजारले घटेका हुन् ।

काठमाडौँ महानगरका प्रमुख बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री ओली विरुद्ध अनफलो अभियान चलाइरहेका हुनसक्ने आशंका गरिएको छ । विगत केहि समयदेखि सामाजिक सञ्जालमा बालेन र एमालेबिच द्धन्द्ध देखिएसँगै अनफलो अभियान चलेको स्रोतको दावी छ ।

बालेन शाहको एमाले सांसदविरुद्ध लेखेको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेख्नुभएको थियो–‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’

Next Post

युनियन स्थापना दिवसको अवसरमा कार्की द्वारा विद्यालयमा कापी कलम वितरण

१९ भाद्र २०८१, बुधबार ११:२६
जुम्ला । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा यमराज कार्कीले विद्यार्थीलाई कापी कलम वितरण गरेका छन । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा समाजसेवी साहित्यकार कार्की (जमाफ ) ले जुम्ला खलंगामा रहेको अशोक आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई कापी कलम वितरण गरेका हुन । उनले उक्त विद्यालय पढ्ने एक सय […]