कालिकोट । कर्णाली जेसिज कालिकोट शाखाले होलि मिलन कार्यक्रम गरेको छ । खाँडाचक्र नगरपालिका–१ मान्ममा होली मिलन कार्यक्रम गरेको हो ।
कर्णाली जेसिज कालिकोट शाखाको आयोजनामा रंगैरंगको पर्व होलीको पावन अवसरमा होली मिलन कार्यक्रम गरेको हो । कर्णाली जेसिज कालिकोट शाखा वर्ष २०२५ का अध्यक्ष जेसि खगेन्द्र पाण्डेको सभाध्यक्षमा होली मिलन कार्यक्रम भएको छ ।
कार्यक्रममा कर्णाली जेसिज कालिकोट शाखाका पुर्व अध्यक्ष वर्ष २०२२ का अध्यक्ष धर्मराज शाहि वर्ष २०२४ का निवर्तमान अध्यक्ष गणेशमान पाण्डे शाखा बोर्डका पदाधिकारी,जेसिज सदस्यहरू राजनीतिक दल , स्थानीयको सहभागिता एक कार्यक्रम गरिएको हो ।
रंगैरंगको पर्व होलीको पावन अवसरमा शुभकामना आदानप्रदान व्यक्त गर्दे एक आपसमा रङ्ग लगाई उत्सव मनाइएको हो । रङहरूको पर्व होली आज देशका पहाडी भू–भागमा मनाइन्छ भने भोलि तराई भू–भागमा मनाइने गरिन्छ । होली हिन्दु संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दुहरूको महत्त्वपूर्ण चाड हो ।