शहरी विकास मन्त्री बुढाले आर्थिक अनियमितता नगर्न निर्देशन

  ।   २ चैत्र २०८०, शुक्रबार १८:१२

काठमाडौं । संघीय सरकारका शहरी विकास मन्त्री धन बहादुर बुढाले आर्थिक अनियमितता नगर्न निर्देशन दिनुभएको छ।

शुक्रबार शहरी विकास तथा भवन निर्माण विभागको निरिक्षण गर्दै मन्त्री बुढाले काम गर्नेक्रममा आर्थिक लोभमा नफस्न आग्रह गर्नुभएको हो । यस्तो कार्य गरेमा नसहने र तत्काल कार्बाही भोग्नु पर्ने उहाँले बताउनुभयो ।

यस्तै शहरी बिकास मन्त्रालय मताहत हुने सबै खाले काम नागरिकले सहजै र छिटो उपलब्ध गराउन पनि मन्त्री बुढाले निर्देशन दिनुभएको छ।

Next Post

सुन तस्करी र सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुन  पक्राउ

२ चैत्र २०८०, शुक्रबार १८:१२
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन  पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार  टोखाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । थप अनुसन्धानका लागी रूपन्देही लैजाँदै गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीम ढकालले जानकारी दिए। […]