कर्णाली नदीमा बेपत्ता दुई किशोरको खोजीमा शनिबार गोताखोर परिचालन

  ।   २७ बैशाख २०८२, शनिबार १४:५४
SofK;g M z;:q k|x/Lsf] uf]tfvf]/ 6f]nL ;f]tL 36gfsf j]kQfsf] vf]hL ub}}{ . tl:j/ M eLdaxfb'/ l;+x÷sflGtk'/ .

कालिकोट । कर्णाली नदीमा एक किशोर बेपत्ता भएका छन्। शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा नुहाउन गएका नरहरीनाथ गाउँपालिका-१ कोटवारीका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका हुन्।

शुक्रबार नै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा १६ वर्षीय भुवन सार्की बेपत्ता भएका थिए। ती दुवै किशोरको खोजीका लागि शनिबार गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

बिराजको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटिएको छ । भुवनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेस डावबाट सुरक्षाकर्मी खटाइएको डिएसपी थापाले जानकारी दिए। शुक्रबार साँझसम्म खोजी गर्दा नभेटिएपछि शनिबार बिहानदेखि पुनः खोजी सुरू गरिएको उहाँले बताउनुभयो ।

Next Post

सहकारी संथाका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा नेतृत्व बिकास तालिम

२७ बैशाख २०८२, शनिबार १४:५४
सुर्खेत । हिमाली बचत तथा ऋण सहकारी संस्थाको केन्द्रिय कार्यालय सुर्खेतमा सहकारी संथाका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम दियको छ । शनिबार करीब एक सय जनाको सहभागितामा संथाको सभाहलमा तालिम सम्पन्न भएको हो । एक दिने सहकारि शिक्षा तथा नेतृत्व बिकास तालिम बचत किन गर्ने सेयरको अर्थ के हो ऋण […]