प्रतिपक्षी दल कांग्रेसले आज पनि संसद अवरुद्ध

  ।   ८ जेष्ठ २०८१, मंगलवार १६:३९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद अवरुद्ध पारेको छ । कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का काम कारबाही अघि बढ्न नसक्ने जनाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानविनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर) मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताउनुभयो । ‘कांग्रेस आफ्नो अडानमा कायम छ । बचतकर्ताको रकम फिर्ता नभएसम्म यो अडान कायम रहन्छ’ उहाँले भन्नुभयो ।

सांसद पाण्डेले सहकारी ठगीसम्बन्धमा सञ्चारमाध्यममा थप नयाँ विषय सार्वजनिक भइरहेका उल्लेख गर्दै गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला वर्तमान गृहमन्त्री रवि लामिछाने लगायत अन्य व्यक्तिले विभिन्न सहकारीबाट ठूलो रकम ऋण लिएका र विभिन्न तहबाट त्यसबारेमा छानविन भइरहेको बताउनुभयो ।

Next Post

चट्याङ लागेर एक किशोरीको निधन

८ जेष्ठ २०८१, मंगलवार १६:३९
कैलाली । चट्याङ लागेर एक किशोरीको निधन भएको छ । चट्याङ लागेर हिजो बेलुकी १५ वर्षीया ममता विश्वकर्माको मृत्यु भएको बताइएको हो । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर  ९ मगरटोल बस्ने लाल सिंह विश्वकर्माकी छोरी ममता विश्वकर्माको मृत्यु भएको छ । पसलबाट सामान किनेर घर फर्कने क्रममा अचानक चट्याङ […]