कोशीका मुख्यमन्त्री कार्कीले गरे विश्वासको मत प्राप्त

  ।   ३१ बैशाख २०८१, सोमबार १९:०२

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभएको छ । उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित हुनुहुन्थ्यो ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाउनुभएको थियो ।

कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको हो । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो ।

Next Post

कालिकोट जिल्ला स्तरीय बाल सम्मेलन भेला सुरु

३१ बैशाख २०८१, सोमबार १९:०२
कालिकोट । कालिकोट जिल्ला स्तरीय बाल भेला सुरु भएको छ । बालबालिकाहरूका सवाल केन्द्रित छलफल तथा जिल्ला स्तरीय बाल सञ्जाल गठन गर्नका लागि बाल भेला आयोजना गरिएको हो । सामाजिक विकास कार्यालय कालिकोटको आयोजना, किर्डाक नेपालको सह- आयोजक पलान इन्टरनेसनल , शेभ द चिल्ड्रेन ,सिसिआर कर्णाली र हुरेन्डेक नेपालको सहयोग […]

सम्बन्धित शीर्षक