तिलागुफा – ४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

  ।   १७ मंसिर २०८१, सोमबार ०६:१६

कालीकोट । तिलागुफा नगरपालिका वडा ४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन् । २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन् ।

विजयी भएका खड्कले १ सय ४३ मत पाए भने माओवादीबाट चुनाव लडेकी तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी नैशोभाले १ सय १५ मत पाइन् । एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५र१५ मत मात्र पाएका हुन । ४ मत बदर भएका छन । साथै राप्रपा र रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ ।

२०७९ मा माओवादी, एमाले, कांग्रेसको गठबन्धन गरेर माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीलाई मलामी गएको अवस्थामा ०७९ असोज २३ गतेको पहिरोले बेपत्ता बनाएपछि उपचुनाव भएको हो ।

Next Post

दैलेख उपनिर्वाचन दुवै स्थानमा एमाले बिजय

१७ मंसिर २०८१, सोमबार ०६:१६
दैलेख । उपनिर्वाचन दैलेख दुवै स्थानमा नेकपा एमालेले जित हासिल गरेको छ। महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका झलकबहादुर […]