अपडेट

कालीकोटमा प्रमुख जिल्ला अधिकारी भट्टराई र सामाजिक विकास कार्यालय प्रमुख लोहारलाई विदाई

  ।   ७ भाद्र २०८२, शनिबार २०:१६

कालीकोट । कर्मचारी मिलन केन्द्र कालीकोट, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै आयोजनामा कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको बिदाई तथा “फेरि भेटौला” कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा वक्ताहरूले प्रमुख जिल्ला अधिकारि भट्टराईको कालीकोट जिल्लामा रहँदा प्रशासनिक नेतृत्व, शान्ति–सुरक्षा, विकास–निर्माण, नागरिक सेवाको सहज पहुँच, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा पुर्याउनुभएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताएका थिए। जिल्लामा आएका कठिन चुनौतीलाई संयमता र सूझबूझपूर्वक सम्बोधन गर्नुभएको उहाँको नेतृत्व स्मरणीय रहने जनाइएको छ।

भौगोलिक दृष्टिले जटिल र प्राकृतिक विपद्को उच्च सम्भावना रहेको, सेवासुविधामा अन्य जिल्लाभन्दा पछि परेको कालीकोटमा भट्टराईले कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधि, सञ्चारकर्मी तथा आम नागरिकसँग सहकार्य गर्दै शान्ति–सुरक्षा सुदृढीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्द्धन, विपद् व्यवस्थापनमा छिटो र प्रभावकारी प्रतिक्रिया, बजार अनुगमन, मालपोत तथा भूमिसम्बन्धी समस्या समाधानमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको सहभागीहरूले बताएका हुन।

उहाँको कार्यकालमा जिल्लावासीले सहजै कार्यालय सेवा लिन सक्ने वातावरण निर्माण भएको छ। सरकारी निकायहरूलाई समयमै सेवा प्रवाह गर्ने, जनताको आवाज सुन्ने र तत्काल समाधान खोज्ने व्यवहारिक अभ्यासले प्रमुख जिल्ला अधिकारी र जनसाधारणबीचको दूरी घटाएको बताइएको छ ।

त्यस्तै, जिल्लामा हुने चाडपर्व, धार्मिक तथा सांस्कृतिक गतिविधि, राजनीतिक वा सामाजिक कार्यक्रमहरूमा शान्ति–सुरक्षा कायम राख्नुभएको भूमिकाले सामाजिक सद्भाव र आपसी सहयोगलाई सुदृढ बनाएको सराहना गरिएको छ। जिल्लामा आउने विपद्को समयमा उहाँको नेतृत्वमा परिचालित सुरक्षाकर्मी, विपद् व्यवस्थापन समिति र स्थानीय तहबीचको समन्वय प्रभावकारी भएको अनुभव पनि सहभागीहरूले साझा गरे।

यसैबीच, कार्यक्रममा सामाजिक विकास कार्यालय कालीकोटका प्रमुख रछाने लोहारको पनि बिदाई गरिएको छ।

कार्यक्रममा वक्ताहरूले प्रमुख जिल्ला अधिकारी भट्टराई र कार्यालय प्रमुख लोहार दुवैजना अधिकारीको आगामी यात्रामा सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

तेस्तै कर्णाली जेसिज कालीकोटको आयोजनामा पनि करिब ११ महिना प्रमुख जिल्ला अधिकारीका रूपमा कालीकोटमा कार्यरत रहनुभएका नारायण प्रसाद भट्टराईलाई विदाई तथा फेरि भेटौला कार्यक्रम गरेको छ । यश कार्यक्रमले जिल्लामा आउने र जानेलाई महत्त्वपूर्ण  अर्थ राख्ने कर्णाली जेसिज कालीकोट वर्ष २०२५ का अध्यक्ष खगेन्द्र पाण्डेले बताए ।

प्रमुख जिल्ला अधिकारी भट्टराई हाल गृह मन्त्रालयमा सरुवा हुनु भएको छ।

 

Next Post

अटवारी पर्व : थारु संस्कृति र सौहार्दको प्रतीक

७ भाद्र २०८२, शनिबार २०:१६
सुर्खेत । पश्चिम तराईका थारु समुदाय आज विशेष श्रद्धा र उल्लाससहित अटवारी पर्व मनाउँदै छन्। कुसे औँसीपछिको पहिलो आइतबार मनाइने यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, आशीर्वाद र सौभाग्यसँग गासिएको महत्वपूर्ण परम्परा मानिन्छ। अटवारी पर्वमा दाजुभाइहरूले दिदीबहिनीको दीर्घायु र सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्ने चलन छ। शुक्रबार राति […]