सुर्खेत । हिमाली बचत तथा ऋण सहकारी संस्थाको ३२१ औं संचालक समितीको पुर्ण बैठकले निणर्य गरेको सहकारी संथाका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम दैलेख र सुर्खेतको सीमनामा सम्पन्न गरेको छ । विहबार करीब ५० जनाको सहभागितामा संथाको दोस्रो तालिम दैलेखको निगलपानिमा सम्पन्न भएको हो ।
हिमाली बचत तथा ऋण सहकारी संथा संचालक समितीका अध्यक्ष वीर बहादुर रावत (भोटे)का अनुसार सहकारी संथाका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिममा सहभागिलाई वर्तमान सरकारले चालेको कदम अनुसार सेयर सदस्यले जोखिममा रहेको ऋणको दामासहिरुपमा तिनुपर्ने भएकोले जथाभावि रुपमा जमानि साक्षि नबस्न आग्रह गर्दै थप लामो समय देखी तिर्न बाकि रहेको ऋण असुल गर्ने बारे बिषेश तालिममा सहभागिहरुलाई आग्रह गर्नुभयो । यसै गरि यस पछि सेयर सदस्यहरुलाई २०८२ बैशाख २७ गते शनिबार विरेन्दनगर हिमाली बचत तथा ऋण सहकारी संस्थाका भवनमा सहभागीता गरि तालिम संचालन गर्ने बताउनु भयो ।
रावतका अनुसार संथाका सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसारनै तालिम प्रदान गरियको बताउनु भयो । सेयर सदस्यहरुलाई सहकारीको अबस्था कस्तो छ के भैरहेको छ हाम्रो लगानीको अबस्था कस्तो छ यसका नीति नियम कस्ता रहेका छन भनेर सेयर सदस्यहरुलाई सहकारी शिक्षा तामिल दिने गरेको समेत बताउनु भयो। उहाँले सहकारीका सबै सदस्यहरु लाई यो तालिम दिईने समेत बताउनु भयो ।