सुर्खेतको बराहताल वडा न. ५ बडिचौरमा नवनिर्मित भवनको उद्घाटन

  ।   १२ फाल्गुन २०८१, सोमबार २१:२३

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका- ५ बडिचौरमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले उक्त भवनको उद्घाटन गरेका हुन । आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सङ्घीय सरकारबाट ५० प्रतिशत तथा स्थानीय तहबाट ५० प्रतिशत समपुरक गरी जम्मा १ करोड ३० लाख विनियोजन गरिएको थियो।

यस अन्तर्गत ठेक्का सम्झौता ७४ लाख ९७ हजार ५७७ रुपैयाँमा २०७८ चैत १० गते गरिएको थियो भने पहिलो तला २०८० असार १० गते सम्पन्न भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सङ्घीय अनुदानबाट ५० लाख तथा स्थानीय तहबाट ५० लाख गरी १ करोड विनियोजन भएको थियो। यस अन्तर्गत ५३ लाख ४८ हजार ३२१ रुपैयाँमा २०८० चैत १६ गते ठेक्का सम्झौता भई २०८१ पुस २५ गते दोस्रो तला निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष धिमराज जोल्मी मगरले जानकारी दिए ।

पहिलो र दोस्रो तला निर्माण सम्पन्न भएसँगै भवनको कुल लागत २ करोड ३० लाख पुगेको छ। उद्घाटन कार्यक्रम बराहताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धिमराज जोल्मी मगरको अध्यक्षतामा भएको छ । भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही रहे।

कार्यक्रममा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, पूर्व सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत, नगर सभापति टोपेन्द्र खड्का, बराहताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुन, पूर्व जनप्रतिनिधि, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

Next Post

रुकुमपश्चिमको त्रिवेणीमा सशस्त्र द्वन्द्वका पीडित २५ वर्ष सम्म राहतको आशामै

१२ फाल्गुन २०८१, सोमबार २१:२३
रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४, खारामा सशस्त्र द्वन्द्वका क्रममा १५ जनाको सामूहिक हत्या र सिङ्गो गाउँ आगजनी भएको २५ वर्ष पूरा भएको छ । २०५६ फागुन १० गते भएको घटनाका पीडितले न्याय र राहतको आशामै २५ वर्ष बितेको दुःखेसो पोखेका छन् । यही घटनामा श्रीमान्, जेठो छोरा र देवरको छोरा गुमाउनुभएकी ७१ […]