स्याउ प्रतिकिलो ५० रुपियाँ मुल्यमा बेच्ने गर्छन किसान

  ।   २७ श्रावण २०८१, आईतवार १८:३८

कालीकोट । साउनको तेस्रो साता लागेसँगै जिल्लामा स्याउ टिप्न सुरु भएको छ । स्याउ टिपेर बिक्रि गर्न सुरु भएको हो । सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्लाको तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका कृषकहरु स्याउ टिप्न व्यस्त छन् ।

तिलागुफा नगरपालिकाले साउन २० सम्म स्याउ टिप्न रोकेको थियो । हतारमा मूल्य धेरै पाउने आसमा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने र कालीकोटको स्याउको स्वाद छैन भनेर गुनासो आउने भएकाले नगरपालिकाले साउन २० अगाडी स्याउ नटिप्न सूचना गरेको थियो । नगरले स्याउ निकासीको पुर्जि नदिने भएपछि किसान पनि बाध्य भएर समय कुरेर बसेका थिए ।

तिलागुफा नगरपालिका ४ का पूर्व अध्यक्ष खड्कराज शाहीले समय नपुग्दै स्याउ टिप्ने बानी भएकाले आफ्नो पालादेखि समय निर्धारण गरिएको बताए । उनले आफ्नो बगैजाको स्याउ पनि २३ गतेबाट टिप्ने सुरु गरेको बताए। प्राय अलि अगाडी बगैचाबाट स्याउ टिपेर घरमा ल्याएर प्याक गरिसकेका थिए । नगरपालिकाले साउन २० गते निकासी खुला गरेको सूचना गर्ने बित्तिकै स्याउका पेटी सडकमा झारेर मुलुकका बिभिन्न शहरमा निकासी भएको बर्ताए ।

जिल्लामा यति बेला स्याउ टिप्ने सिजन सुरु भएकोले सबै किसान निकै व्यस्त छन् । अहिले ठेकेदारहरु स्याउ लिन बगैचामै आएका छन् । किसानले प्रतिकिलो स्याउको मूल्य ५० रुपियाँ पाइरहेका छन् ।

कृषक खड्कराज शाहीले बँगैचामा ठेकेदारले ७५ रुपियाँ दिने भएपनि सडकसम्म ढुवानी गराउँदा किसानको हातमा रु ५० देखि ५५ सम्म पर्ने गरेको बताए । सडक नजिक बगैँचा हुनेहरुलाई अलि ठिकै छ । टाढा भएका किसानलाई भने खासै स्याउको मुल्य नभएको शाहीको भनाइ छ । कालीकोटको रास्कोट नगरपालिकामा पनि स्याउ टिप्न सुरु भएको छ ।

Next Post

कैलालीमा चट्याङ पर्दा १० जना घाइते

२७ श्रावण २०८१, आईतवार १८:३८
कैलाली । बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा १० जना घाइते भएका छन् । घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–१ का फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक […]