अहिले प्रविधिले फड्को मारिरहेको बेला पुरानै अवस्थामा हुलाक सेवा रहन नसक्ने : मन्त्री गुरुङ

  ।   २९ बैशाख २०८२, सोमबार १८:३६

सुर्खेत । सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसब्बा गुरुङले हुलाक सेवालाई समयअनुसार बदलिनेगरी ऐन ल्याउन लागिएको बताएका छन् । सोमबार हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागेको बताएका हुन् ।

अहिले प्रविधिले फड्को मारिरहेको बेला पुरानै अवस्थामा हुलाक सेवा रहन नसक्ने भन्दै सरकारले नीती परिवर्तन गरेर सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने बताउनुभयो । हुलाक सेवाको विकास हुन नसकेको, हुलाक पुरानै तरिकाले चलिरहेको अवस्था छ । मन्त्री गुरुङले भन्नुभयो, अब यसको सेवालाई थप प्रभावकारी बनाउनको लागि नीति नै परिवर्तन हुन्छ, यसको लागि हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ । ऐन बनिसकेपछि संघियताको मर्मअनुसार आधुनिक रुपमा हुलाक सेवा संचालन हुन्छ,।

देश संघिय गणतन्त्रमा गइसकेको भन्दै २०१९ सालको ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने उनले उल्लेख गर्नुभयो । कानुन छ राजा महेन्द्रको पालाको अनि हामी परिवर्तनको अपेक्षा गरेका छौँ, यतिका बर्षसम्म कति सरकार परिवर्तन भए, कानुन बनाउनुपर्छ भन्ने हेक्का किन नराखेको उनले प्रश्न गर्नुभयो। हुलाक सेवालाई प्रभावकारी बनाउनको लागि योजना आयोगले समेत नबुझेको भन्दै योजना निर्माण गर्दा हुलाक क्षेत्रको समस्या बुझ्न उहाँले आयोगलाई सुझाव दिनुभयो ।

उहाँले कर्णाली प्रदेशमा सुचना र सञ्चारको पहुँचलाई गुणस्तरिय बनाउनेगरी सरकारले काम गरिरहेको बताउनुभयो । अहिले भ्रामक सुचनाले समाज भाडिरहेको भन्दै उनले सरकारले यसका नियमन गर्नेगरी ल्याएको सञ्चार सम्बन्धीको विद्येयक छिट्टै कानुनको रुपमा आउने जानकारी गराउनुभयो । उहाँले विकासका काम अध्ययन नगरि गर्ने गरिएको भन्दै देशको खर्बौ रकम खेर गइरहेको बताउनुभयो । बसाइसराई शहर केन्द्रीत हुँदैछ, प्रविधिको विकास तिव्र रुपमा अगाडी बढीरहेको छ, तर सनकको भरमा अध्यन नगरि विकासका कामहरु गर्ने प्रवित्तिले राज्यको खरबौ रकम नोक्सान भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई प्रभावकारी बनाउनको लागि माग गरिएका सबै विषयलाई सम्बोधन गर्न प्रयास गरिने बताउनुयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगतिश्वर उपाध्याय लगायतले नवनिर्मित भवनसँगै सेवालाई प्रविधिमैत्री बनाउन सुझाव दिएका हुन । कार्यक्रममा हुलाक सेवालाई प्रभावकारी बनाउन योगदान गरेको भन्दै विभिन्न नीकाय तथा व्यक्तीहरुलाई सम्मानित समेत गरिएको छ ।

Next Post

कर्णालीका जनता वीरताको उदाहरण प्रहरीको राइफल खोसेर बुझाए : अध्यक्ष प्रचण्ड

२९ बैशाख २०८२, सोमबार १८:३६
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा अरुका बैशाखी नटेकि अर्थात गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन्। सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्‍घाटन गर्दै अध्यक्ष प्रचण्डले विगतका निर्वाचनमा कांग्रेस-एमालेले बेइमानी गरेको बताउनुभयो। अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो “हामी एक्लै […]