सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा अरुका बैशाखी नटेकि अर्थात गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन्। सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विगतका निर्वाचनमा कांग्रेस-एमालेले बेइमानी गरेको बताउनुभयो।
अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो “हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावले देखाइसकेको छ। अब माओवादी केन्द्र कुनै पनि निर्वाचनमा अरुको बैशाखी टेक्दैन। विगतमा कांग्रेस र एमालेसँगको गठबन्धनमा हामी इमानदार भयौं, तर उनीहरूले धोका दिए,” प्रचण्डले भने। उहाँले माओवादी केन्द्र अब आफ्नै खुट्टामा उभिएर देशको नेतृत्व गर्ने दाबी गरे। साथै, वर्तमान सरकारले कर्णाली, दलित, महिला र जनजातिमाथि विभेद गरेको आरोपसमेत लगाए।“हामी सरकारमा हुँदा कर्णाली, महिला, दलित, जनजातिका पक्षमा ल्याइएका योजनाहरू अहिलेको सरकारले कटौती गर्दैछ। आफ्नो नीति तथा कार्यक्रममा कर्णाली र उपेक्षित समुदायको नाम समेत लिन चाहेको छैन,” उहाँले कर्णालीलाई सशस्त्र द्वन्द्वका बेलामा दिएको योगदान सम्झाउँदै फेरि एकपटक माओवादीलाई साथ दिन अपिल गरे।“कर्णालीका जनताले त्यसबेला वीरताको उदाहरण देखाएर प्रहरीको राइफल खोसेर हामीलाई बुझाएका हुन । अब देशको विकास र समृद्धिका लागि पनि साथ दिनुहोस्,” उहाँले आग्रह गर्नुभयो।
उहाँले वर्तमान सरकार कर्णाली र अन्य दलित, महिला र जनजातिको विरुद्धमा रहेको आरोप लगाउनुभयो ।
पुरा भिडीयो :







