अवरुद्ध कर्णाली राजमार्ग संचालनमा: रोकिएका सवारी साधन गन्तब्यतिर

  ।   १७ भाद्र २०८१, सोमबार १०:०७

कालीकोट । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग ५ दिनपछि संचालनमा आएको छ । बाटोमा रोकिएका स्याउ बोकेका ट्रक कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र मेयरखोलामा गएको पहिरोका कारण अवरुद्ध राजमार्ग खुलेसँगै जुम्लादेखि स्याउ बोकेका ट्रक अघि बढेका छन् ।

राजमार्गको कालीकोट खण्ड आइतबार बिहानै खुले पनि दैलेख खण्डको पहिरो पन्छाउने काम अबेरसम्म भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले सडक राजमार्ग अवरुद्ध हुँदा रोकिएका सवारी साधनहरु गन्तब्यतिर लागेको बताए ।

जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा सड्क डिभिजन कार्यालयले सड्कमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ, प्रमुख मण्डलले जुम्लाले लगातार ४ वटा ह्याभी ईक्यूमेन्ट प्रयोग गरिरहेको भएपनि अझ बढि अवस्था असहज भए अन्य साधन थप्नुपर्ने अवस्था रहेको बताए ।

यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाबाट स्याउ बोकेका ६५ वटा ट्रक बाटोमा रोकिएका थिए । ५ दिनदेखि झण्डै आठ करोडको स्याउ सडकमै अड्किएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।

प्रमुख देवकोटका अनुसार यो सिजनमा जुम्लाबाट ९ हजार मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भइसकेको छ । जिल्लामा यो वर्ष १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ । उनले स्याउ बोकेका ट्रकलाई प्राथमिकतामा राखेर सञ्चालन गराउन आग्रह गरिएको बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति पहिरोले राजमार्गमा रोकिएका कारण कुहिएर स्याउमा हुने क्षतिको एकिन गर्ने भएको छ । समितिको बैठकले जुम्ला–सुर्खेत सडक मार्गमा अलपत्र परेका मालबाहक ट्रकका स्याउ के कति क्षति भएको छ ।

यकिन गर्ने र क्षति भएका स्याउको सम्बोधनका लागि कृषि विकास कार्यालय जुम्लाले अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । कर्णाली राजमार्ग पूर्ण रुपमा खुलाउन तथा आवश्यक बजेटको माग गर्ने, राजमार्ग पूर्ण रुपमा खुलाउन तथा आवश्यक बजेटको माग गर्ने निर्णय र राजमार्गमा ठूलठूला ढुंगा खसेकाले व्लाष्टिङ गर्न नेपाली सेनासँग समन्वय गरि निकायलाई पहल गर्ने निर्णय गरिएको छ ।

कर्णाली राजमार्ग तथा नाग्म गमगडि राजमार्गका लागि विशेष बजेटका लागि सरकारको ध्यान आकर्षण समेत हुदै आएको छ । एकतर्फि गाडि पास गर्न लागि बाटो खुलेपनि सड्क दिर्घकालिन मर्मत तथा स्तरबृद्धि गर्न आवश्यक छ ।

Next Post

अनेरास्ववियु क्रान्तिकारी राष्ट्रिय सम्मेलन असोज पहिलो साता हुने

१७ भाद्र २०८१, सोमबार १०:०७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज पहिलो साता हुनेभएको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले असोज २ देखि ५ गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मका लागि जिल्ला अधिवेशन भइरहेको समेत बताउनुभयो । सम्मेलनमा २ हजार […]