कालिकोट। कालिकोटको नरहरिनाथ डाडामाडुमा बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा गाडी चालकसहित ८ जना घाइते भएका छन् ।
सुर्खेतबाट कालिकोटको नरहरिनाथ जाँदै गरेको बोलेरो कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको गाडी सोमबार साझा दुर्घटना भएको हो । दुर्घटना साझ ५ बजेर ४० मिनेटमा नरहरिनाथ गाउँपालिका वडा नम्बर ३ को कुमालगाउँस्थित इलाका प्रहरी कार्यालय कुमालगाउ पछाडि झन्डै २० मिटर तल खसेको छ।
कुमालगाउँ इलाका प्रहरी कार्यालयका अनुसार गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भई खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाबाट गाडीलाई असामान्य क्षति पुगेको छ भने यात्रुहरूको सामान सामन्य रूपमा क्षतिग्रस्त भएको छ। घाईतेहरुको उपचार योगि नरहरिनाथ आधारभुत अस्पतालमा उपचार भैइरहेको छ ।
प्रहरीका अनुसार गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको ईप्रका कुमालगाउँले जनाएको छ।