अपडेट

सान्नीत्रिवेणीको लुयाँटा देखि कालढुङ्गासम्मको सडक निर्माण कार्यको शिलान्यास

  ।   १० जेष्ठ २०८२, शनिबार १०:३८

कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका – ३ स्थित लुयाँटा देखि काल ढुङ्गासम्मको सडक निर्माण कार्यको शिलान्यास सगैँ काम कार्य सुरु गरिएको छ । गाउँपालिकाभित्रको सबै भन्दा भौगोलिक क्षेत्रले ठुलो ३ नम्बर वडामा सडक सञ्जाल जोडिन कठिन हुदाँ वडाका केही टोल अझैसम्म सडकबाट वञ्चित रहँदै आएका छन् । यो सडक कार्य अगाडि बडे सगै केही टोल समेटिनुका साथै अन्य टोमा सडक सञ्जाल जोड्नलाई सजिलो हुने अनुमानित रहेको छ ।

शुक्रबार गरिएको शिलान्यास कार्यले रकु र लुयाँटासहित आसपासका बस्तीमा सडक जोडिए विकासको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ ।

शान्तिघाटदेखि गाउँपालिका केन्द्रसम्मको सडक र पालिकाबाट अन्य वडाहरूमा जाने ट्रयाक पहिल्यै निर्माण भइसकेको छ । तर, वडा नम्बर ३ को लुयाँटा क्षेत्र भने अझै सडकको पहुँच बाहिर रहेको छ । वडाभित्र विकासका सम्भावना हुँदाहुँदै पनि पूर्वाधारको अभावले यहाँका बासिन्दाले सास्ती भोग्दै आएका छन।

सडक शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रंगलाल देबकोटाले आफ्नो कार्यकालभित्रै लुयाँटा क्षेत्रमा सडक पुर्‍याउने र स्वस्थ सफा खानेपानी , सरसफाइ , स्वास्थ्य सेवामा पहुँच लगाएत अन्य कार्य पूरा गर्ने आफूले निर्वाचनमा जनतालाई दिएको प्रतिबद्धता पूरा गर्नतिर लागिरहेको बताउनुभयो । अब लुयाँटामा सडक पुर्‍याउने अभियानलाई निरन्तर अघि बढाउँछौं । उहाँले भन्नुभयो, हामी निरन्तर लागिरहने हो भने दुर्गम भन्ने छविलाई चिर्न सकिन्छ ।

अध्यक्ष देवकोटाका अनुसार डिपीआर गरेको खोलिखेत देखी रातिमाटा, भोज्न, कोसीदह हुदैँ लुयाँटा खोला सम्म बिशेष प्रथामिकता दिने गरि अगाडि बढाएको बताउनुभयो । सो कार्यबाट रकुदेखि मालेभिड, लुयाँटादेखि डाँडा हुँदै नाइना दुल्या जोड्ने सडकको पनि निर्माण कार्य अघि बढाइने बताउनुभयो ।यहाँका स्थानीयवासीहरू सडक शिलान्याससँगै अब आफ्ना बस्तीमा यातायातको पहुँच आउने आशामा छन् । दुर्गमताका कारण वर्षौंदेखि कठिनाइमा बाँचेका यहाँका बासिन्दालाई सडकले नयाँ सम्भावना बोकेर आउने विश्वास गरिएको छ ।

शुक्रबार एक कार्यक्रम बिच सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महोन बहादुर केशी , वडा नम्बर १ का वडा अध्यक्ष बैकुन्ठ राज गिरी वडा नम्बर २ का वडा अध्यक्ष बसन्त बहादुर बुढा, वडा नम्बर ३ का वडा अध्यक्ष रंगलाल देबकोटा, वडा पालिकाका बौद्धीक,भलात्मिक लगायत स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको उपस्थितिमा उक्त सडकको शिलान्यास गरिएको हो ।

Next Post

सुर्खेतको भेरी नदीमा डुबेर बेपत्ता रानाको शव फेला

१० जेष्ठ २०८२, शनिबार १०:३८
सुर्खेत । सुर्खेतको गूर्भाकोट नगरपालिकाको भेरी नदीमा डुबेर बेपत्ता भएका गुर्भाकोट नगरपालिका–१३ का प्रेम बहादुर रानाको शव फेला परेको छ । बिहीवार बेलुका करिब ८ बजे घुमखहरेस्थित भेरी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका रानाको शव शनिवार दिउँसो लेकवेशी नगरपालिका- १ को छोटेमा फेला परेको हो । रानाको शव […]