बिरेन्द्रनगर प्रथम मेयर कप–२०८३ को च्याम्पियन

  ।   २१ जेष्ठ २०८३, बिहीबार २०:०५

सुर्खेत। कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप–२०८३ को उपाधि बिरेन्द्रनगर नगरपालिकाले जितेको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सम्पन्न फाइनल खेलमा बिरेन्द्रनगरले जुम्लालाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि आफ्नो नाममा गरेको हो।


सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलमा ५ मिनेटमा पहिलो गोल गर्न सफल भएको बिरेन्द्रनगर सफल भएको हो । तेसपछी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। जुम्लाले बराबरीका लागि निरन्तर प्रयास गरे पनि बिरेन्द्रनगरको सशक्त रक्षापंक्ति तथा संयमित खेलका कारण सफल हुन सकेन। निर्णायक गोलसँगै बिरेन्द्रनगरले उपाधि यात्रा पूरा गर्यो।

फाइनल खेल हेर्न कर्णाली प्रदेश रंगशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। खेल अवधिभर दर्शकहरूको उत्साहजनक समर्थन र हुटिङले रंगशालाको वातावरण थप रोमाञ्चक बनेको थियो।

प्रथम संस्करणको मेयर कप सफलतापूर्वक सम्पन्न हुनु कर्णाली प्रदेशमा फुटबल विकासका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ। प्रतियोगिताले प्रदेशका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण बढाएको आयोजकले जनाएको छ।

उपाधि विजेता बिरेन्द्रनगर टोलीलाई बधाई तथा उपविजेता जुम्ला टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि खेलप्रेमीहरूले शुभकामना व्यक्त गरिएको छ।

Next Post

खाँडाचक्र ३ का दुई सरकारी विद्यालयमा विद्यार्थी पोसाक सहयोग

२१ जेष्ठ २०८३, बिहीबार २०:०५
कालिकोट । कालिकोट जिल्लाका सामुदायिक विद्यालयका ४ वटा विद्यालय अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै समाजसेवी दीपक वलीको नेतृत्वमा विभिन्न व्यक्ति तथा स्थानीय युवाको सहयोगमा करिब ७ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ३ का २ वटा विद्यालयमा सोही ठाउँका […]

सम्बन्धित शीर्षक