दीर्घ बहादुर शाहिको कविता बाल्नु छ भोको अगेनो
बाल्नु छ भोको अगेनो
बालुवा उखेर्दै
भरोसाको थैलो बाधेर
कसको भोक मेट्न
पुग्दो हो अगेनो
हातपाउ नरोकी खटिन्छन
बादलको बोटमा घाम फलाउन
फलाउन सकिएन भने घाम
पुग्दैन मैलो बस्ती सम्म रश्मी
रश्मी पुगेन भने
बिक्री हुदैन सुस्ती मुस्कान
मैलो सौन्दर्य बोकेर
बिक्रीमा बोकिएको मनोहर फुटपाथ
सिरानी बनाएर निदाउछ
एक जोडी अनिदो नयन
बिउँझन्छ सपनामा र भन्छ
घाम फलाउन सकिएन छ भने
फेरी बोक्नु छ उहीँ सुस्त सौन्दर्य
जानू छ धुमिल बस्तीमा
बसाइँ सरेर
बाल्नु छ भोको अगेनो
बिउँझाउनु छ अनिदो नयन
उठाएर सबेरमा
रश्मीको निन्द्रा संगै
थाप्नु छ घामको हाटबजार
अनि बिक्रीमा पठाउनु छ
सुस्त सौन्दर्य र बस्नु छ
सोखी घरजम गर्दै
बादलको बस्तीमा
बेग्लै मनोहर पिँढिमा
घाम फलाएर।।
दीर्घ बहादुर शाही `डोक्काघरे´







