नेपाली भाषाको उद्गम स्थल सिञ्जामा खस सभ्यताको लोक संस्कृति बिषयमा प्राज्ञिक वहश

  ।   १३ कार्तिक २०८१, मंगलवार १७:१७

जुम्ला । नेपाली भाषाको उद्गम स्थल सिञ्जामा खस सभ्यताको लोक संस्कृति बिषयमा प्राज्ञिक वहश तथा सांस्कृति प्रर्दशनी गरिएको छ । लोकवार्ता परिषद नेपालको आयोजनामा सिञ्जा गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको सयूक्त रुपमा सिञ्जाको नराकोटमा बृहृत भेला गरेर यहाँको लोकसस्कृति बिषयमा कार्यपत्र प्रस्तुत तथा वहश गरिएको थियो ।

सिञ्जामा प्रस्तुत भएका कार्यपत्रमा डा। शशि थापा पण्डितले खसजातिको उत्पति र सास्कृतिक प्रभाव, सास्कृतिक विद्ध सितल गिरीले मष्टो र खस जाति, दिलविक्रम आङको, स्थानीय जानकार सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालको खस मौलिक चाडपर्व र मुल्यवोध, शिक्षक वुद्धिजीवि देवराज धिताललको खस सम्पदाहरुको संरक्षणको प्रश्न नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीबाट सिञ्जा सभ्यताका परम्परागत संचार माध्यामको विषयमा कार्यपत्र प्रस्तुत भई छलफल भएको छ । लोकवार्ता परिषद नेपालको १३ औँ सङ्गोष्ठीको अवसरमा खस सभ्यताका जानकार व्यक्तिहरुको उपस्थितिमा वहश, छलफल तथा खससभ्यताका सास्कृतिक कलाहरु प्रस्तुत गरिएका छन् ।

सिञ्जाको नराकोटमा आयोजित कार्यक्रममा स्थानीय मागल, वालोनाच, देउडानाच, धामीनाच, रोपाईनाच, सिंगारुनाच, एकल गित लगायतका विभिन्न विषयको कला प्रस्तुत गरिएको हो ।

कनकासुन्दरी गाउँपालिकाको कर्णाली खस सास्कृतिक मञ्च जुम्ला सहित स्थानीय कलाका धनि व्यक्तिले कला प्रस्तुत गरेका थिए । लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर भवेश्वर पंगेनी, सल्लाहाकार प्राध्यापक डाक्टर माधव प्रसाद पोख्रेल, प्राध्यापक डाक्टर कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डाक्टर धुर्व प्रसाद घिमिरे, मनोहर लामिछाने, डाक्टर शशि थापा पण्डित सहित २२ जना प्राज्ञ व्यक्तित्वहरु र जुम्ला निवासी खोज पत्रकार राजबहादुर कुँवर सहितको टिमले सुर्खेत हुदै, दुल्लु, कालिकोट, जुम्लाको सिञ्जा, तातोपानीमा प्राज्ञिक बहश गरेको हो ।

१३ औँ सङ्गोष्ठीमा स्थानीय वुद्धिजीवि, प्राज्ञ तथा लोकसस्कृतिका जानकार तथा नागरिकहरुको उपस्थित भई छलफल भईरहेको छ । कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिञ्जा सुन, हिरा र मोतिमाथीको खजना भएकाले यसको संरक्षण तथा खोजी गर्न आवश्यक रहेको बताउनुभयो ।
यस क्षेत्रको सभ्यता जोगाउने बिषयमा सवैको जोड दिन आवश्यक छ । कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदार प्रसाद आचार्यले एकमतमा सिञ्जा सभ्यता र संरक्षण विषयमा संघीय सरकार, प्रदेश सरकारले जोड दिनुपर्ने सुझाव दिनुभयो ।

लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगिनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद नेपालको जन्म भएको र यस पटक १३ औ सङ्गोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताउनुभयो । लोकवार्ता परिषदले सुर्खेतमा कार्तिक ३ गते, दुल्लुमा ४ र ५ गते, कालिकोट खाडाचक्र मान्ममा ६ गते, जुम्लाको तातोपानीमा ८ गते, सिञ्जामा ९ गते र मुगुमा १० गते गरि सकिएको छ ।

Next Post

मध्यपश्चिम विश्वविद्यालयमा रजिस्ट्रार छनोट प्रक्रिया पारदर्शीतामा शंका

१३ कार्तिक २०८१, मंगलवार १७:१७
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार छनोट प्रक्रिया सुरू भए पनि त्यसको पारदर्शीतामा शंका उत्पन्न भएको छ । मंगलबारदेखि सुरू हुने छनोट प्रक्रियाको लागि निर्माण गरिएको कार्यविधि सार्वजनिक नगरी गुपचुप राखिएको छ । विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. यादव कोइरालाको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति बनाएको छ । समितिले आवेदन […]