अमर अधिकारी ‘सुपर राइटर’ उपाधिबाट सम्मानित

  ।   ५ माघ २०८१, शनिबार २०:१४
Oplus_131072

काठमाडौं । पछिल्लो समय साहित्य -लेखनमा सक्रिय रोल्पाली लेखक तथा साहित्यकार अमर अधिकारीले ‘सुपर राइटर’ को उपाधि हासिल गरेका छन्।

बुढानिलकण्ठस्थित सिर्जनशिलटोल विकास संस्थाले अधिकारीलाई उक्त उपाधिबाट विभूषित गरेको छ। माघ ५ गते एक सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। गोपिन्द्र पौडेलले सम्मानित अधिकारीलाई ‘तुफानी लेखक’ को समेत संज्ञा दिदै परिमाणभन्दा गुणस्तरमा ध्यान दिन पनि सुझाउनुभएको थियो। वरिष्ठ लेखक नारायण सुवेदी र समिर सिंहले अमर अधिकारीका कृतिहरुमाथि चर्चा गर्नुभएको थियो।
कार्यक्रममा ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ पुस्तकका लेखक डा। घनश्याम पुडासैनीले समेत अधिकारीको साहित्य(लेखनका सम्वन्धमा चर्चा गर्नुभएको थियो। वुद्धिजीवि तथा रिपुमर्दिनी सैनिक महाविद्यालयका पूर्व प्राचार्य बाबुराम पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रम विद्लायकै शिक्षक राम श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने समारोहमा साङ्गितिक, सञ्चार, लेखन, तथा साहित्यिक फाँटका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो। पछिल्लो समय अमर अधिकारीले साहित्य-लेखनमा एकपछि अर्को कीर्तिमान कायम गर्दैआएका छन्। उनका दिनमा ३।४ वटासम्म लेख-रचनाहरु प्रकाशन हुनेगरेका छन्। उनका लेखहरुका प्रभावका कारण राष्ट्रियस्तरमा सुधारका काम पनि हुँदैआएको बताइएको छ।

Next Post

कर्णाली जेसीजको १३ औं पद हस्तान्तरण एवं पुरस्कार बितरण समारोह सम्पन्न

५ माघ २०८१, शनिबार २०:१४
कालिकोट । कर्णाली जेसीज कालिकोट शाखाको १३ औं पद हस्तान्तरण एवं पुरस्कार बितरण समारोह सम्पन्न भएको छ। कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा माघ ५ गते शनिबार मान्ममा उद्घाटन भएको हो । कर्णाली जेसीज कालिकोट शाखाको १३ औं पद हस्तान्तरण एवं पुरस्कार बितरण समारोह […]