दीर्घ बहादुर शाहिको कविता `रित्तो पोल्ठो´

  ।   २५ जेष्ठ २०८३, सोमबार २३:३३

दीर्घ बहादुर शाहिको कविता` रित्तो पोल्ठ´
जुन आरन हो
पोल्छ लोहाको डल्लो
बनाउछ सौम्य आकृति
अनि खनी दिन्छ
बाझो जमिन
उमार्छ पेटको आहार
बनाउछ मनोहर मुर्ती
सजाउछ मन्दिरको शोभा
लाग्छ रङ्गदार मेला
कुर्छन ढोगीहरु
रित्तो पोल्ठो थापेर
आशिर्वाद माग्न
लामो लस्कर पछाडी
उभिएको छ आरन पुग्दैन
मनोहर मुर्तीको नजर
र पाउदैन आशिर्वाद पनि
भन्छ
ए हसिया
ए कोदालो
ए बन्चरो
पर पुगेर पोल्ठो थाप
कतै आशिर्वाद दिन्छकी
यदि मिलि हालेछ भने
भन्नू अलिकति त्यो आरनलाई दिनुछ
आरनको बस्तीमा अचेल
घनहरु औधी थकित छन
किनकी त्यो सौम्य आकृति जस्तो
बन्न सक्दैनौं मनोहर
खन्नु पर्छ बाझो जमिन
उमार्नु पर्छ आहार
बनाउनु पर्छ फेरी अर्को मुर्ती
अग्लो सिंहासनमा बस्ने।।

दीर्घ बहादुर शाही `डोक्काघरे´

Next Post

कालिकोटमा ५७ जना एचआइभी संक्रमित, रोकथाम र सचेतनामा अझै चुनौती

२५ जेष्ठ २०८३, सोमबार २३:३३
कालिकोट । कालिकोट जिल्लामा एचआइभी संक्रमणको अवस्था चिन्ताको विषय बन्दै गएको छ। उपचार सेवा विस्तार र सरकारी प्रयासका बाबजुद संक्रमण रोकथाम, नियमित परीक्षण तथा समुदायस्तरको सचेतनामा अझै कमजोरी देखिएको सरोकारवालाहरूले बताएका छन्। पछिल्लो तथ्यांकअनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ५७ पुगेको छ। कालिकोटस्थित एआरटी ९एन्टिरेट्रोभाइरल थेरापी० केन्द्रको अभिलेखअनुसार हालसम्म ७५ जना […]