कालीकोटमा ट्याक्टर दुर्घटना, चालकसहित दुई जना गम्भीर घाइते

  ।   २३ जेष्ठ २०८३, शनिबार १८:४६

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ बजेरीचौरमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना गम्भीर घाइते भएका छन्।

नाग्माबाट बजेरीचौरतर्फ जाँदै गरेको से २ त ३४३५ नम्बरको ट्याक्टर अर्को ट्याक्टरलाई साइड दिने क्रममा सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक जुम्लाका २४ वर्षीय भक्तबहादुर सुनार र ट्याक्टरधनी डडेलधुराका ३५ वर्षीय नरेश पाण्डे गम्भीर घाइते भएका छन्। दुवैको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Next Post

सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न, प्रेरणादायी महिलाहरू सम्मानित

२३ जेष्ठ २०८३, शनिबार १८:४६
सुर्खेत ।सुर्खेत महिला जेसीज वर्ष २०२६ द्वारा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नारी सम्मान, पुरस्कार वितरण तथा समापन समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनारको अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष जेसी नवराज उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न […]

सम्बन्धित शीर्षक