अविरल वर्षाले पहिरोे जाँदा एकै परिवारका ७ जनाको मृत्यु

  ।   २९ असार २०८१, शुक्रबार १०:१३

कास्की । अविरल वर्षाले पहिरोे जाँदा पोखरामा एकै परिवारका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

पहिरोमा पुरिँएर कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो । पहिरो गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोेले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् । मादी गाउँपालिका–११ मा पहिरोेमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोेमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक शर्माले पहिरोेमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिनुभयो । पहिरोेमा बेपत्ताको खोजी भइरहेको बताइएको छ ।

Next Post

कालिकोट जिल्ला प्रशासन र प्रहरी कार्यालयको सार्वजनिक सुनुवाइ

२९ असार २०८१, शुक्रबार १०:१३
कालिकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा नागरिक प्रतिको जवाफदेहिता सुशासनमा हाम्रो प्रतिवद्दता भन्ने मुल नारामा सो कार्यक्रम भएको हो । प्रशासन कार्यालय कालिकोटका साहेक प्रमुख जिल्ला अधिकारी मुक्तिनन्द रावतले वार्षिक आय […]