अपडेट

आगामी ३ दिन पश्चिम नेपालमा भीषण वर्षा हुने सचेत रहन आग्रह

  ।   १४ असार २०८२, शनिबार ०७:३१

सुर्खेत । आगामी तीन दिन पश्चिम नेपालमा भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णालीका पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

अन्य पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मनसुन देशभर नै सक्रिय हुने देखिन्छ । पूर्वी तराई र गण्डकीको उपल्लो क्षेत्रबाहेकमा वर्षा हुने आकलन गरिएको छ। महाशाखाले भूक्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन बुलेटिनमा भनिएको छ ।

Next Post

हिमामा आयोजित तेस्रो पालिका स्तरिय पढाइ मेला सम्पन्न

१४ असार २०८२, शनिबार ०७:३१
पढाई मेला सभा अध्यक्ष लक्ष्मण बहादुर शाही बोल्दै भिडियो :   जुम्ला । जिल्लाको  हिमा गाउँपालिकामा तेस्रो पालिका स्तरिय पढाइ मेला सम्पन्न भएको छ । शिक्षक,बिद्यार्थी,अभिभावक र शिक्षा प्रेमीहरुको भेला, हिमाको शैक्षिक सुधारका लागि तेस्रो पढाइ मेला, भन्ने मुल नाराका साथ  आयोजना भएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र […]