कालिकोट । गणतन्त्र दिवसको अवसरमा महावै गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । १७ औँ गणतन्त्र स्थापनाको अवसरमा ६ जनालाई सम्मान गरेको हो ।
कालिकोटको महावै गाउँपालिकाले सहिद परिवार सहित सरकारी विद्यालयमा आफ्नो बालवालिकालाई भर्ना गर्ने शिक्षकहरु सहित ६ जनालाई सम्मान गरिएको छ ।
महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह (भिजन) का अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा गणतन्त्र दिवसको अवसरमा विभिन्ह कार्यक्रम गरेपनी महावै गाउँपालिकाले भने फरक खालको हौसला प्रधान गर्ने गरि सहिद परिवार संगै सरकारी विद्यालयमा आफ्ना बालवालिका भर्ना गर्ने शिक्षकहरुलाई सम्मान पत्र दिएर सम्मान गरेको बताउनु भयो।