३ महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न

  ।   २२ बैशाख २०८१, शनिबार १७:२७
oplus_0

कालिकोट । खाँडाचक्र नगरपालिकामा तीन  महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । ९० दिने हाते होजियारी तालीम कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा न ३ ताडिमा सम्पन्न  भएको हो ।

सीप सिकौं रोजगारि वनऔं हौं तालिममा सहभागी ,आत्म निर्भर अर्थ तन्त्र रोजगार समृद्धिका लागि भन्ने मुल नाराका साथ कालिका झोला बुनाइ उद्योग आयोजक र खाँडाचक्र नगरपालिका कालिकोटको आर्थिक सहयोगमा १२ जनालाई तालीम दिइएको हो ।

कार्यक्रममा कालिकोट उद्योग बाणिज्य संघ कोषाध्यक्ष खगेन्द्र पाण्डेले सुभकामना मन्तव्य राख्दै नारा अनुसारको सामाग्री देखिएको र तालिममा सिकिएका कुरा आफ्नो प्रयोजनका लागि ल्याउनु पर्ने  बताए ।

तेस्तै अपाङ्ग महासङ कालिकोट जिल्ला अध्यक्ष केशव राज देवकोटाले अधुरो सीपरहे फेरि स्थानीय सरकार सँग तालिमको लागि पहल सँगसगै अन्य कुरालाई बेवारमा उतार्नु नै तालीम लियको सीप शिकाईमा परिणाम हुने बताए ।

कार्यक्रममा नेपाल घरेलु महासङ कालिकोटका जिल्ला अध्यक्ष भानु प्रभात पाण्डेले वालुवामा पानी हाले जस्तो यो तालिम पछि नहोस् हातमा सीप रहि रहोस् भन्ने कुरा राखेका हुन ।

वडा नम्बर ३ का वडा अध्यक्ष दधिराम पाण्डेले जतिले सीप सिके ९० दिनमा धेरै महत्वका सााथ तपाईंको जिवनमा लागु गर्नु हुनेछ तपाईंको सीप तपाई लगाएत तपाईंको परिवारले सीप सिक्नु पर्ने बताए ।

खाँडाचक्र नगपालिका प्रसाशन प्रमुख अबिराज शाहीले वास्तवमा आगामी दिनमा जिबिका पार्जनका लागि यो सिपले हुनुपर्छ । सबै भन्दा राम्रो सन्देश खाँडाचक्र नगपालिकाले दिनुपर्ने बताए ।

खाँडाचक्र नगपालिका प्रमुख अथिती रहेका उपप्रमुख गणेश बहादुर शाहीले नगरपालिकाले केही गरेन भन्नेहरुलाइ यो तालीमले पनि केही उदाहरणिय काम गरेको छ । तालीम लिएर अन्यलाई पनि तपाईहरु बाट केही सिकाउनु पर्ने देखिन्छ । नगर समृद्धिका लागि कोहि पनि पर निर्भर नभइ आत्म निर्भर बन्नका निम्ति १ जनाले लियको तालीमबाट अन्य ५ जना सम्म उत्पादन गर्ने क्षमता बनी सकेको आफ्नो सीप अरुलाइ बाड्न थप जनशक्ति बनाउन यो शिपको उदस्य रहेको बताए ।

शाहिले आगामी दिनमा लेवल एकको प्रमाण पत्र पाउनु भएको छ तेस्तै लेवल ३ सम्म प्रमाण पत्र लिनु हुनेछ भन्ने आसा रहेको र आयोजक उद्योगले थप सीप सिकान आनाकानी नगरी सिपलाई निरन्तरता दिने छ भन्दै धन्यवाद दिएका छन ।

आयोजक कालिका झोला बुनाइ उद्योगका संचालक किष्ण  पाण्डेले धेरै दु:ख संघर्षबाट आफुले सीप सिकेको तेहि सीपबाट आज खाँडाचक्र नगरपालिका ११ वटै बाट सहभागी भएका सहभागीलाई कुन सीप अझै सिक्ने इच्छा राखे जुनसुकै बेला सिकाउन तयार रहेको बताउदै कार्यक्रम सप्पन्न भएको घोषणा गरेका छन ।

Next Post

गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने घनश्याम भुसाल

२२ बैशाख २०८१, शनिबार १७:२७
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले गाडी र साडि मात्रै वेचेर मुलुक नबन्ने बताएका छन् । मोर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङ भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने […]