कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सेवा

  ।   २३ भाद्र २०८१, आईतवार १२:०५

जुल्ला । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सुरु भएको छ । प्रतिष्ठानमा पहिलो पटक यस सुरु भएको हो ।

अब सधैँ मोतिबिन्दुको शल्यक्रिया गर्ने गरी प्रतिष्ठानमा यसको सुरुवात भएको प्रतिष्ठानमा उपकुलपति चिकित्सक मंगल रावलले बताउनुभयो।

पहिलो पटक ४० जना मोतिविन्दुका बिरामीहरुको चिकित्कसहरु बिश्वराज तिमिल्सिना र चिकित्सक प्रकाश बम ठकुरीले यसको सुरुवात गरेको उहाँले बताउनुभया । अब यो टिमले सधँै प्रतिष्ठानमा मोतिविन्दुको शल्यक्रियाका साथै अन्य नेत्र रोगका बिभिन्न सेवाहरु समेत सुचारु गर्नेछ । कर्णालीका अन्य नौ जिल्लामा पनि यो सेवा जुम्लाबाट बिस्तार गरिनेछ ।

यसका लागि चिकित्सक सन्दुक रुइत र तिलगंगाको सहकार्यमा कर्णाली भेरी प्रतिष्ठानले नेत्र रोग सेवा बिस्तार गर्ने योजना रहेको उनले बताए । यसबाट कर्णालीका सवै जिल्लाका सहयोगी निकायहरुको समन्वयमा आँखा शिबिर सञ्चालन गरेर सेवा दिने कार्यले बिदा पाउनेछ । सिधै प्रतिष्ठानमा समन्वय गरे यो सेवा उपलब्ध हुनेछ।

Next Post

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग संचालनमा

२३ भाद्र २०८१, आईतवार १२:०५
कालीकोट । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग संचालनमा आएको छ । राजमार्गको कालीकोट खण्डको गगनेखोला र यसमोडमा आएको पहिरोले अवरुद्ध सडक सुचारु भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले सडक राजमार्ग अवरुद्ध हुँदा रोकिएका सवारी साधनहरु गन्तब्यतिर लागेको बताउनुभयो । शनिबार राति परेको अविरल वर्षाले कर्णाली […]