अपडेट

रास्कोट नगरपालिकामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी लगाएत क्षेत्रमा विशेष जोड

  ।   ९ असार २०८२, सोमबार २२:३५

कालिकोट । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४७ करोड २२ लाख ८२ हजार ५५१ रुपैयाँको बजेट ल्याएको छ।  सम्पन्न १६औँ नगरसभामा नगर प्रमुख तथा सभाध्यक्ष धर्मराज शाहीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभएको हो।

नगर उपप्रमुख मनिराज बरालले बजेट प्रस्तुती गर्नुहुँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी, सामाजिक सुरक्षा, सूचना प्रविधिलगायत क्षेत्रमा विशेष जोड दिइएको छ।

नगरसभामा कालिकोटका जन्मदाता धर्मदत्तको सम्झनामा ‘धर्मदत्त आधारभूत विद्यालय’ स्थापना गर्ने घोषणा गरिएको छ। साथै, समावेशी र दिगो विकासलाई प्राथमिकता दिइने बताइएको छ।

सभामा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सक्रिय सहभागिता रहेको हो। १६ औं नगर सभाबाट आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट पारित भएको छ ।

Next Post

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले ल्यायो ५० करोडको बजेट

९ असार २०८२, सोमबार २२:३५
जुम्ला । कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति कार्यक्रम र बजेट ल्याएको छ । सोमबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा बजेट ल्याएको हो । कनकासुन्दरीले जिल्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा असार ९ गतेनै नीति र […]