रुकुमपश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु

  ।   २४ जेष्ठ २०८१, बिहीबार १६:१९

रुकुमपश्चिम । रुकुमपश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ ।रुकुमपश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो ।

विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीका अनुसार बुधवार विद्यालयको काम सकेर घर जाँदै गर्दा घर नजिकैको भिरबाट खसेकका हुन् । मृतक खड्का विद्यालयको सहायक प्रधानाध्यापक समेत रहेको थिए ।

भिरबाट लडेर गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको बेला चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी भिरबाट लडेर करिब चार सय मिटर तल खसेका थिए ।

उनी २०५३ देखि २०६० सम्म मुसिकोट नगरपालिका १२ जमारूमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत थिए । हाल बाल कल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक पदमा कार्यरत रहेका थिए।

 

Next Post

बाजुरामा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी

२४ जेष्ठ २०८१, बिहीबार १६:१९
बाजुरा । बाजुरामा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–१ कोल्टी बजारस्थित माने लुहारको घरमा आगलागी भएको हो । बुधबार राति ९ः०० बजे विद्युत सर्ट हुँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेको […]