प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जादैँ

  ।   २४ जेष्ठ २०८१, बिहीबार १९:२६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत भएको छ । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन् ।

बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयको छ ।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्नुभएको हो ।

 

Next Post

प्रशासन कार्यालय कालिकोट द्वारा अनुगमन म्याद नाघेका सामान नस्ट

२४ जेष्ठ २०८१, बिहीबार १९:२६
कालिकोट । व्यापारीले सर्वसाधारणलाई  जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कालिकोटले अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिनन्द रावतको नेतृत्वमा विभिन्न सरकारी अन्य प्रतिनिधि  रेपिट रेस्पोन्स टिम  सयुक्त कार्यदलबाट  शुक्रबार कालिकोटको नाग्म बजार क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमन टोलीले तिलागुफा नगरपालिका – […]