सुर्खेत महिला जेसी अध्यक्षमा कमला बस्याल सर्वसम्मतमा चयन

  ।   २२ मंसिर २०८१, शनिबार १९:५४

सुर्खेत । सुर्खेत महिला जेसीजको अध्यक्षमा कमला बस्याल देवकोटा सर्वसम्मत चयन भएकी छन् ।

शनिवार भएको सुर्खेत महिला जेसीजको १४ औं साधारणसभाबाट अध्यक्षमा बस्याल सर्वसम्मत चयन भएकी हुन् ।

महिला जेसीजको कार्यकारीणी उपाध्यक्षमा भावना रान र रमा आचार्य चयन भएका छन् ।

यस्तै, उपाध्यक्षमा भिमा शाही, कान्ति कार्की, सुमित्रा चौधारी र बसन्ती कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

महासचिव र कोषाध्यक्ष पद भने अध्यक्षले मनोनीत गर्ने समेत सुर्खेत महिला जेसीजले जनाएको छ ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सीता भण्डारीको प्रमुख आतिथ्यता भएको साधारणसभामा संस्थापक अध्यक्ष जेसी सीमा चन्द लगायत सम्पुर्ण पूर्व अध्यक्षहरु र पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Next Post

कर्णाली याक्सको समर्थनमा आफ्नो हेयर स्टाइल परिवर्तन गर्ने मणिचन्द्र

२२ मंसिर २०८१, शनिबार १९:५४
सुर्खेत । कर्णाली याक्सको समर्थनमा आफ्नो हेयर स्टाइल परिवर्तन युवा मणिचन्द्र पाण्डेले गरेका छन्। कर्णाली प्रदेश कालिकोटका युवा सुर्खेत बस्दै आइरहेका पाण्डेले शेखर धवनको हेयरस्टाइल जस्तै आफ्नो कपाल बनाएका छन् । नेपालमा पहिलोपटक चलिरहेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा कर्णाली याक्सको तर्फबाट भारतीय खेलाडी शेखर धवनले खेलिरहेका छन् । कर्णालीको […]