अपडेट

जुम्लामा ट्याक्टर दुर्घटनास् एक गम्भीर घाइते

  ।   ११ श्रावण २०८२, आईतवार २१:४९

सुर्खेत । जुम्लामा ट्याक्टरबाट खसेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। आज दिउँसो करिब २ः३० बजे तिला खोलाले बगाएर ल्याएर संकलन गरिएका काठहरू लोड गरि फर्कने क्रममा दुर्घटना हुदा घाइते भएका हुन् ।

क.१.त .१२ नम्बरको ट्याक्टरमा काठहरू लोड गरी डिभिजन वन कार्यालय, जुम्लातर्फ ल्याउने क्रममा उक्त दुर्घटना भएको हो ।

ट्याक्टरमा सवार डिभिजन वन कार्यालय जुम्लाका खरिदार वर्ष ५५ वर्षका गणेश घाइते भएका छन् । यस्तै सोही गाउँपालिकाका स्थायी बासिन्दा पनि अचानक ट्याक्टर बाट खस्दा टाउकोमा चोट लागी गम्भीर घाइते भएका छन् ।

घाइते पाण्डेलाई डिभिजन वन कार्यालयकै नायव सुब्बा रविन्द्र अधिकारीले तत्काल उद्धार गरी साँझ ५ः३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाट खटाएका प्रतिष्ठानमा कार्यरत प्रहरी भक्ति प्रसाद पाण्डेका अनुसार पाण्डेको अवस्था हाल मध्यम रहेको छ र उपचार भइरहेको बताएका छन् ।

ट्याक्टर चालक वर्ष ३४र३५ का टेक बहादुर मगरले प्रयोग गरेको ट्याक्टर जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखिएको छ।

दुर्घटना भएको स्थान जुम्ला सदरमुकामदेखि पश्चिमतर्फ करिब ११ किलोमिटर दूरीमा रहेको छ । अन्य विवरण अनुसन्धान पश्चात सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Next Post

इटहरीका युवाको रहस्यमय मृत्यु प्रहरी कुटपिटको आरोप, निष्पक्ष छानबिनको माग

११ श्रावण २०८२, आईतवार २१:४९
सुर्खेत ।  सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २० वर्षीय युवराज निरौलाको प्रहरी कुटपिटबाट मृत्यु भएको भन्दै परिवारले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन्। धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचको क्रममा कुटपिटपछि उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएकोमा सोमबार राति उनको मृत्यु भएको हो। साउन ९ गते बेलुकी करिब ८ बजे युवराज निरौला र […]