युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक मुख्यमन्त्री कँडेल

  ।   २० माघ २०८१, आईतवार १७:५३

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।

वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आज उहाँले युवा तथा बालबालिकालाई खेलकुदमा आवद्ध गराउन सके असल नागरिक बनाउने अभियान सफल हुने उल्लेख गर्नुभयो ।

‘खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउँछ, हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी छ’ मुख्यमन्त्री कँडेलले भन्नुभयो । खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभइ समग्र व्यक्तित्व विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउन समेत खेलकुदको आवश्यकता रहेको बताउनुभएको छ ।

सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

Next Post

जुम्लाको चन्दननाथमा आगलागी हुँदा दुई घर जलेर नष्ट

२० माघ २०८१, आईतवार १७:५३
जुम्ला । चन्दननाथको सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ स्थित सोमबार दिउँसो साढे २ बजेतिर एक्कासी  आगलागिले  दुई घर जलेका हुन् । जिल्ला प्रहरि कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीका अनुसार चन्दननाथ -३ का स्थानीय खीप प्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायका […]

सम्बन्धित शीर्षक