जुम्लामा मरेको भेडाको मासु खाँदा ६ जना बिरामी

  ।   २९ चैत्र २०८०, बिहीबार १५:५९

कालिकोट। जुम्लामा मरेको भेडाको मासु खाँदा ६ जना बिरामी भएका छन् । वनमा पलाउन लागेको विष खाएर मरेको भेडाको मासु खाँदा तीन महिला र तीन पुरुष गरि एउटै परिवारका ६ जना बिरामी भएका हुन् ।

गुठिचौर गाउँपालिका ४ थामबाडामा मरेको भेडाको मासु खाँदा एकै घरका छ जना बिरामी परेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

बिरामी हुनेमा बर्ष ४० वर्षका विष्णबहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु सुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् । उनीहरुले बुधबार बिहान मरेको भेडाको मासु खाएको बताएका छन् ।

स्थानीयका अनुसार वनमा पलाउन लागेको विष खाएर मरेको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन् । पहिला पनि यसरी मरेका भेडाको मासु खाँदा केही नभएको र पहीलो पटक यस्त्यो भएको स्थानीयहरुले बताए ।

 

Next Post

डोल्पामा आगलागी हुदा ३ जना बालक जलेर गम्भीर घाइते

२९ चैत्र २०८०, बिहीबार १५:५९
कालिकोट। डोल्पाको सामुदायिक वनमा आगलागी हुदा ३ जना बालक जलेर गम्भीर घाइते भएका छन ।त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ३ मा विहिवार दिउँसो ३ बजे तिर गुच्चे च्याउ संकलनको लागि वनमा गएको बेला आफैंले लगाएको आगोमा परि घाईते भएका हुन | घाईते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ४ बर्ष १२ का […]