अपडेट

प्रवासी नेपाली एकता मञ्च जापान उप–सचिवमा आमिर पाण्डे चयन

  ।   १५ भाद्र २०८२, आईतवार २१:२८

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भई नयाँ कार्यसमितिको घोषणा गरिएको छ। अधिवेशनले उप–सचिवमा आमिर पाण्डेलाई चयन गरेको छ।

नवनिर्वाचित उप–सचिव पाण्डेले प्रवासी नेपाली समुदायका आवश्यकता र समस्यामा प्राथमिकता दिँदै मञ्चलाई अझ सशक्त र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो पहिलो सम्बोधनमा उनले संगठनलाई नयाँ दृष्टिकोण र आधुनिक योजनासहित अघि बढाउने घोषणासमेत गरेका थिए।

अधिवेशनबाट निर्वाचित पदाधिकारीहरू अध्यक्ष हरि लामिछाने,  वरिष्ठ उपाध्यक्ष टक्कर कुवर,उपाध्यक्षद्वय मन्जु गरी, सचिन श्रेष्ठ,सचिव श्रीकृष्ण अर्याल,उप–सचिवद्वय आमिर पाण्डे, कृष्ण धमला,कोषाध्यक्ष सुमित रोकाया चयन भएका छन ।

सदस्यहरूमा पुरुसोत्तम वाग्ले, भोजराज रावत, विशाल कुमार शाह, भुवन घिमिरे, निर्व कुवर, जनक मण्डेल, मुना गिरी, प्रशान्त शाही, नकुल तिमल्सेना, निराजन महरा, प्रविण कुमार खतिवाडा, विष्णु मल्ल, सुवास खनाल, हिमास सिंह ठकुरी, कल्पना लामिछाने रावत, नवदुर्गा कंडेल चयन भएका छन ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी, पोलिटब्युरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य द्रोण सिलवाल, साथै जापानस्थित विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनले संगठनलाई प्रवासी नेपालीहरूको अधिकार, हित र सामाजिक–सांस्कृतिक संरक्षणमा केन्द्रित गर्दै थप गतिशील, सक्रिय र परिणाममुखी बनाउन नयाँ नेतृत्वलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ। नयाँ नेतृत्वले प्रवासी नेपालीबीच आपसी एकता, सहकार्य र साझा उद्देश्यप्रति प्रतिबद्ध रहँदै संगठनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी बनाउन निरन्तर लाग्ने विश्वास व्यक्त गरिएको छ।

Next Post

तीन दिनपछि खुल्यो कर्णाली राजमार्ग, अलपत्र यात्रु आफ्नो गन्तव्यतर्फ

१५ भाद्र २०८२, आईतवार २१:२८
कालीकोट। कर्णाली प्रदेशलाई देशका विभिन्न भागसँग जोड्ने जीवनरेखा मानिने कर्णाली राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ। अविरल वर्षासँगै शुभकालिका गाउँपालिका–१, गगने खोलामा खसेको ठूलो ढुंगा र लेदोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बाटैमा अलपत्र परेका थिए भने जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायतका बजारतर्फ पठाइएको करोडौं […]

सम्बन्धित शीर्षक