कालिकोट । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जनचेतना बहुमुखी क्याम्पस मेहलमुडिमा दुई प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ ।ययसपटकको चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संघको संयुक्त गठबन्धन प्यानल एकातिर अखिल समाजवादी र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त प्यानल अर्को तर्फ प्यानल खडा गरि मनोनयन दर्ता गरेका छन ।
नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संघको दुवै संगठनको तर्फबाट सभापतीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अमराज बराललाई अगाडी सारिएको छ ।
तेस्तै सचीवमा रमेश बुढा (नेविसंघ), कोषाध्यक्षमा बिन्दा शाही (अनेरवुवियु),सदस्यमा राधिका फर्साल (अनेरास्ववियु), ममिता चौलागाई(अनेरास्ववियु), खिमसरा सिम्खडा , (अनेरास्ववियु), कोपिला कुमारी देवाकटा ( नेविसंघ) लगाएतका उम्मेदवारहरुको नाम दर्ता भएको हो ।
यता अखिल समाजवादी मोर्चा र नेपाल क्रान्तिकारी विद्यार्थी संघको दुवै संगठनको तर्फबाट सभापतिमा अखिल (क्रान्तिकारी) बसराज बोहरालाई अगाडि सारिएको छ ।
येस्तै सचीवमा धुर्वराज संज्याल,कोषाध्यक्षमा अग्निजा आचार्य , सदस्यहरूमा ,सुमितराज कार्की,शोभा सार्की,प्रेम बहादुर शाही, पबिता धामी ,रामझला सार्कीको उम्मेदवार दर्ता गरिएको हो ।
मनोनयन दर्ता पछी प्रतिस्पर्धि दुबै प्यानलले विद्यार्थी हकहित र क्याम्पस सुधारका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो नेतृत्वको प्यानललाई अत्यधिक बहुमतले विजयी गराउन सबै विद्यार्थीलाई अपिल समेत गरेका छन् ।