जबसम्म मत परिवर्तन हुँदैन तब सम्म बिकास नहुने राप्रपा पार्टी केन्द्रीय नेताहरू

  ।   ९ कार्तिक २०८१, शुक्रबार २०:१४

कालिकोट / मान्ममा राप्रपा पार्टीको बृहत आमसभामा जबसम्म मत परिवर्तन हुँदैन तब सम्म बिकास नहुने कर्णाली यात्रा जिल्लामा पुगेका राप्रपा पार्टी केन्द्रीय नेताहरूले बताएका छन् ।  कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कालिकोटमा जति मारिय तर नेपाली आमाबुवा दाजुभाइ नै मारिय तपाईले सबै गुमाउनु भयो तर न स्वास्थ्य ,शिक्षा कुनै गाँस बासनै राम्रो जनताले पाउन नसकेको बताउनुभयो ।

नेपालको सनर्दवमा हेर्दा सबै भन्दा तल पर्ने जिल्ला कालिकोट पर्छ र चुनावको बेला धोती चोली ,जाड रक्सी मासु भातमा बिग्नु हुन्छ । तेसैले परिवर्तन हुन नसकेको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

जतिसुकैले जे भासण गरेपनी अन्तिममा चाहिने राजानै हो राजा त हासी साही बसिरहेका छन तर माओवादिले गरेको आन्दोलन पछी सबै दल मिल्यौ अब राजा हट भन्दा सरलै तरिकाले राज्गद्दी छोडेर गएको उपाध्यक्ष रवीन्द्र मिश्रले बताउनुभयो ।

तेस्तै जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र साहीले जुम्लाले आफु सांसद भईसकेपछी अहिले स्याउ ६१ करोडको बिक्रि भएको तर कालिकोटमा जितेका सांसद लुकेर बसेको बताउनुभयो । कालिकोटको बाटो यहाँको बिकास कस्तो छ मैले भन्नू पर्छ जस्तो लाग्दैन माओबादिको युद्ध पछी कालिकोटले मुख्यमन्त्री पायो हरेक मन्त्री पाउँदा पनि बिकास भएन किन तर जुम्लाले मन्त्री कम पायो तर बिकास कालिकोट भन्दा धेरै अगाडी र बढी भएको घोषणा समेत गरेका छन ।

जुम्लामा हामीले राम्रो नेता छानेका थियौं चाहे माओवादीले नै किन नजितौस तर कालिकोटका जनताले गलत व्यक्तिलाई चुनाव जिताउने काम गरेकोले बिकास हुन नसकेको आफैंले कालिकोट र कर्णालीका माननियलाई कर्णालीमा बजेट कम भयो माओवादीको सरकार छ भन्दा भन्दै कालिकोटका सांसद महेन्द्र बहादुर शाहीलाई भन्दा नमान्नु भएको र मोबाईल अफ गरेको आरोप समेत लगाउनुभयो ।

शाहीले थप्नुभयो यहाँका माननियले नमान्दा दैलेखको महाबुलेखबाट सडकमा बजेट हालेर चाडै सुचारु हुने र यहाँको नेताले मागेको भए अहिले कालिकोटका जनता दुख भोग्नुपर्ने अवस्था नआउने र चाडै जिल्लामा विकास  समेत हुने बताउनुभयो ।

कार्यक्रम पुरा भिडीयो

Next Post

भत्ता झिक्न पालिका हिडेका बोहोरा मृत फेला

९ कार्तिक २०८१, शुक्रबार २०:१४
कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ बोहोरा पातल मड्या खोलामा लडेर ६८ वर्षका जयरुप रोकायाको निधन भएको छ । बिहीबार बैंकमा पैसा झिक्न पालिका हिडेका बोहोराको मृत अवस्थामा लास भेटिएको हो । रोकाया बिहीबार घर नआएपछि खोजिगर्न गएका बैनि जुवाई काली बहादुर बोहोराले मृत अवस्थामा जेठानको लास शुक्रबार […]