भत्ता झिक्न पालिका हिडेका बोहोरा मृत फेला

  ।   ९ कार्तिक २०८१, शुक्रबार २१:४१
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ बोहोरा पातल मड्या खोलामा लडेर ६८ वर्षका जयरुप रोकायाको निधन भएको छ ।

बिहीबार बैंकमा पैसा झिक्न पालिका हिडेका बोहोराको मृत अवस्थामा लास भेटिएको हो । रोकाया बिहीबार घर नआएपछि खोजिगर्न गएका बैनि जुवाई काली बहादुर बोहोराले मृत अवस्थामा जेठानको लास शुक्रबार बिहान भेटाएको बताए । ६८ वर्षका रोकाया वृद्ध भत्ता लिन पालिकाको कृषि बैंकमा बिहीबार  घर बाट निस्किएका हुन् ।

मृतक जयरुप रोकायाको कसरी घटना भएको हो ? घटना बारे अनुसन्धान भईरहेको सुकाटीया प्रहरी चौकिका हवल्दार जयचन्द्र चदराले बताएका छन। मृतक रोकायाको दुई छोरा र ५ छोरी छन् ।

Next Post

कर्णालीमा गोठ व्यवस्थापन रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव

९ कार्तिक २०८१, शुक्रबार २१:४१
सुर्खेत । कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आम्दानी लिनेगरी रणनीति तयार गर्नुपर्ने उनीहरूको सुझाव छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा अमेरिकी सहयोग नियोग (युएसएआइडी) को जलजङ्गल परियोजना […]