अपडेट

हाल देशमा पश्चिमी वायुको प्रभाव : कर्णाली लगायत अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

  ।   २२ बैशाख २०८२, सोमबार ०६:५६

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कर्णाली , सुदुरपश्चिम, लुम्बिनी  र कोसी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

Next Post

मोटरसाइकल दुर्घटनामा परि युवा पाण्डेको मृत्यु

२२ बैशाख २०८२, सोमबार ०६:५६
कालिकोट । मान्मको ताडिमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–३, ताडि बस्ने अन्दाजी ४० वर्षीय धनकृष्ण पाण्डेको मृत्यु भएको हो । अ.प्रहरि बिट ताडीका अनुसार आइतबार साँझ करिब ८ ३० बजे कर्णाली प्रदेश ०२००२ प ५८७६ नम्बरको मोटरसाइकल चालक ताडी बजार देखी […]