कालिकोट । कालिकोटमा वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।
कर्णाली र सुदूरपश्चिमका केहि जिल्लामा जुम्ला,मुगु, हुम्ला,डोल्पा,बाजुरा लगाएतका जिल्लामा हिमपात भइरहेको छ । कालिकोटको अग्ला भूभागसहित सदरमुकाम मान्ममा समेत हिमपात सुरु भएको छ ।
ज्येष्ठनागरिक,दीर्घरोगी,बालबालिका र सडकमानव चिसोबाट बढी प्रभावित भएका छन् । महावै गाउँपालिका,तिलागुफा नगरपालिका,खाँडाचक्र नगरपालिका,शान्नित्रिवेणि गाउँपालिका,रास्कोट नगरपालिका ,नरहरिनाथ गाउँपालिका,पचालझरना गाउँपालिका,पलाँता गाउँपालिकामा वर्षा तथा हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो ।
वर्षा र हिमपातपछि कृषक उत्साहित भएका छन् । यो वर्ष कालिकोटमा पहिलोपटक हिउँदमा वर्षा सगै हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।
हिउँदेबाली यस वर्षको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको स्थानीय जग्ग प्रसद पाण्डेले वताउनुभयो । हिमपातले यातायात सेवा प्रभावित भएको छ।क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।
यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, चुलिमालिका, पचाल झरना, चङ्खेली , लगाएत ठाउँमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मान्म सदरमुकाममा पनि हिमपात भएको खाँडाचक्र नगरपालिका – ३ का स्थानीय लक्ष्मन कुमार शाहिले बताउनुभयो ।
वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा आएपछि किसानलाई राहत पुगेको छ।