काठमाडौँ । नेकपा एकीकृत समाजवादी महंगी बढाएर सरकारले जनताको ढाड भाँचेको निश्कर्षमा पुगेको छ । एकीकृत समाजवादीको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारले ल्याएका विभिन्न अध्यादेश र अहिलेसम्म गरेका निर्णय तथा काम कारवाहीले छलफल गर्दै यस्तो निश्कर्ष निकालेको हो ।
उपमहासचिव रामकुमार भट्टराईले बैठकले अध्यादेशका कारण अहिले महंगी बढेको निष्कर्ष निकालेको बताउनुभयो । ‘महंगी बढाएर जनताको ढाड बाँच्ने काम भएको छ । मुठ्ठिभरका व्यापारीका लागि सरकार लागिपरेको छ’ बैठकपछि उहाँले भन्नुभयो– ‘अहिले अध्यादेशले हाम्रो नेपालमा भएको भ्रष्टाचार ऐनलाई तोडमोडल गर्यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन थियो । त्यो लागू नगर्ने भन्ने ऐन ल्याउनासाथ ५ सय रुपैयाँको सिमेन्ट अहिले ८ सय रुपैयाँ बोरा पुगेको छ । यो एउटा मात्रै उदाहरण हो । यस्ता अरु धेरै उदाहरण छन् ।’
एकीकृत समाजवादी सरकारले ल्याएका विभिन्न अध्यादेशविरुद्ध संसदमा सशक्त रुपमा प्रस्तुत हुने भएको छ । ‘अध्यादेशको विरुद्धमा जाने तयारीमा हामी छौँ’ उपमहासचिव भट्टराईले भन्नुभयो ।
उपमहासचिव भट्टराईले अध्यादेशविरुद्धमा कसरी जाने रु भन्नेबारे पार्टीमा छलफल भइरहेको जानकारी दिनुभएको छ । उपमहासचिव भट्टराईका अनुसार बिहीबारको बैठकमा पार्टी संगठन निर्माण, जिल्ला र प्रदेशका अधिवेशन गर्ने लगायतका विषयमा समेत छलफल भएको छ । नेपालकैरन